
धनुषा । जनकपुरधाम आज पनि तनावग्रस्त बनेको छ । जनकपुर उपमहानगरपालिका २० देवपुरा रूपैठामा हिन्दू समुदाय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त स्थिति भएको हो ।
स्थानीय झन्डाचोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले लगाएको हरियो झण्डाको विषयमा शनिबार विवाद हुँदा दुई समुदायबीच झगडा भएको थियो । गणेश पूजाको मूर्ति विसर्जन गरी फर्किने क्रममा त्यो झण्डा हटाउन खोज्दा झडप भएको हो । दुई पक्षको झडप नियन्त्रणमा प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यही क्रममा दुई जना घाइते भएका थिए । त्यही विवाद लम्बिएर आइतबार पनि तनावग्रस्त स्थिति बनेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार आइतबार दुवै समुदायका भद्र भलाद्मी र प्रहरी प्रशासन बसेर दुवै समुदायको सहमतिमा त्यो चोकबाट झण्डा हटाउने सहमति भएको थियो । त्यही सहमति अनुसार प्रहरीले मुस्लिम समुदायले लगाएको झण्डा हटाएको र हिन्दू समुदायले लगाएको झन्डा हटाउन खोज्दा फेरि ढुंगामुढा भएको हो ।
डिएसपी .सिंहका अनुसार स्थिति नियन्त्रण गर्न आइतबार पनि केही सेल अश्रुग्यास प्रहार र हवाई फायर गरिएको छ ।
अहिले बजारमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने