+

सिन्धुलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । 


कमलामाई नगरपालिका–९ नयाँबस्तीमा मंगलबार अपराह्‍न सवारी दुर्घटना भएको हो । .

जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका–९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट