+

कुलिङले सभापति गुम्यो : रामहरि भन्छन्- उहाँ अमेरिका कसरी घुम्यो ?

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे चासो व्यक्त गर्नुभएको छ । 


कर्मचारीको कुलिङ पिरियड प्रकरणमा सार्वजनिक  लेखा समितिको सभापति पद गुमाउनु भएका खतिवडाले सभामुख देवराज घिमिरेसँग उपसभामुखको अमेरिका भ्रमणबारे चासो व्यक्त गर्नु भएको हो ।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न गर्नुभएको छ ।

सांसद खतिवडाले उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्दै प्रश्न गरेका गर्नुभएको हो । 

खतिवडाको प्रश्नको जवाफमा सभामुखले   ‘उहाँ (उपसभामुख) आफ्नो व्यक्तिगत भ्रमणमा जानुभएको हो’ भन्दै जानकारी गराउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट