
काठमाडौँ । गौर हत्याकाण्ड छानबिन हुने भएको छ । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन गर्न आदेश दिएको छ ।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाबीच झडप भएको थियो । झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए । पीडित परिवारले माओवादी कार्यकर्तालाई फोरमले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार त्यसबारे छानबिनको काम अघि बढाउन आदेश जारी गरेको हो ।
त्रिभुवन शाह लगायतले गौर हत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सर्वोच्चले निवेदन सुनुवाई गर्दै छानबिन गर्न आदेश दिएको हो ।
मानवअधिकार आयोगले २०७९ साल पुस १९ गते तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह, पूर्वजनसरकार प्रमुख विन्देश्वर यादव र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि ‘हिंसा रोक्न कुनै पहल नगरेको’ मा जिम्मेवारी ठहर्याएको छ । सर्वोच्चको आदेशपछि त्यसबारे समेत छानविन हुन सक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै