+

जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कारागारमा रहेका रास्वपाका सभापति रवि लामछिानेसँग भेटघाट गर्नुभएको छ । 


माओवादी अध्यक्ष दाहालले बुधबार साँझ नख्खु कारागार पुगेर रास्वपाका सभापति लामछिानेसँग भेटघाट गर्नुभएको हो । 

भेटघाटमा माओवादी अध्यक्ष दाहालले लामछिानेलाई विगतमा भन्दा निकै दुब्लाएको प्रसङ्ग निकाल्नुभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री दाहालले कारागार पुगेर रास्वपाका सभापति लामछिानेलाई देख्ने बित्तिकै ‘कठै दुब्लाउनुभएछ’ भन्नुभएको थियो । 

माओवादी अध्यक्ष दाहालले त्यस्तो भनेपछि रास्वपा सभापति लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेकोले आफू दुब्लाएको सुनाएका छन् । 

लामिछानेलाई भेटेर फर्कने क्रममा माओवादी अध्यक्ष दाहालले सञ्चारकर्मीहरुसँग पनि त्यही प्रसङ्ग निकाल्नुभयो ।   ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको’ कारागारबाट बाहिरिने क्रममा उहाँले भन्नुभयो । 

माओवादी अध्यक्ष दाहालका अनुसार लामिछाने ले भैरहवा कारागारको तुलनामा नख्खुमा आफूलाई धेरै राम्रो भएको समेत जानकारी गराएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट