+

शेयर कारोबार घट्दा, २७ सय ६७ अंकमा झर्‍यो नेप्से

काठमाडौं ।  शेयर करोबार परिसूचक नेप्से बुधबार ९ दशमलव ७० अंकले घटेको छ ।  कारोबार शुरुमा २७ सय ८२ अंकसम्म पुगेको नेप्से पछि घटेर २७ सय ६७ बिन्दुमा अडिएको छ ।  


बुधबार कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार घटेर ५ अर्ब २० करोडमा झरेको हो । आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा २ दशमलव ३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १ दशमलव ०६ प्रतिशतले घटेको  छ । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रहेको छ  ।

बुधबारको कारोबारमा बैंकिङ शून्य दशमलव १९, विकास बैंक शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ५३, हाइड्रोपावर शून्य दशमलव ५८, लगानी शून्य दशमलव ३९, जीवन बीमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, माइक्रोफाइनान्स शून्य दशमलव ४०, निर्जीवन बीमा शून्य दशमलव ५८ र अन्य शून्य दशमलव १० प्रतिशतले घटेको छ । बुधबारदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढको छ । त्यो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३ सय २१ दशमलव ३० रुपैयाँ पुगेको छ ।

त्यस्तै चन्द्रागिरी हिल्सको ७ दशमलव  ४२, सगरमाथा जलविद्युत् कम्पनीको ३ दशमलव ८४, विन्ध्यबासिनी हाइड्रोपावरको ३ दशमलव ७४ प्रतिशत मूल्य बढेको छ । पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ९ प्रतिशत घटेको । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४ दशमलव ६, अपर हेवाखोलाको ३ दशमलव  ४, युनाइटेड इदी मर्दीको मूल्य ३ दशमलव ०९ प्रतिशत घटेको छ । 

बुधबार बढी कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरी हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट