
काठमाडौँ । राष्ट्रियसभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाउनुभयो ।
लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिनुभएका ज्ञातरअज्ञात शहीदप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गर्नुभयो । साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गर्यो ।
बैठकले दिवङ्गत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवङ्गत बोहराप्रति सभाका सदस्यहरूले १ मिनेट उठेर मौन धारण गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक वैशाख १४ गते आइतबार बस्ने गरी अध्यक्ष दाहालले शुक्रबारको बैठक स्थगित भएको घोषणा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध