+

गौर हत्याकाण्ड छानबिन गर्न आदेश

काठमाडौँ । गौर हत्याकाण्ड छानबिन हुने भएको छ । सर्वोच्च अदालतले  गौर हत्याकाण्डमा छानबिन गर्न आदेश दिएको छ ।


२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाबीच झडप भएको थियो ।  झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए । पीडित परिवारले माओवादी कार्यकर्तालाई फोरमले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार  त्यसबारे छानबिनको काम अघि बढाउन आदेश जारी गरेको हो ।

त्रिभुवन शाह लगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।  सर्वोच्चले निवेदन सुनुवाई गर्दै छानबिन गर्न आदेश दिएको हो । 

मानवअधिकार आयोगले  २०७९ साल पुस १९ गते तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड, मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह, पूर्वजनसरकार प्रमुख विन्देश्वर यादव र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि ‘हिंसा रोक्न कुनै पहल नगरेको’ मा जिम्मेवारी ठहर्‍याएको छ । सर्वोच्चको आदेशपछि त्यसबारे समेत छानविन हुन सक्ने देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट