+

रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो

काठमाडौँ । भैरहवाबाट नख्खु कारागारमा सारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ हुनुभएको छ । रास्वपा)का सभापति लामिछाने भैरहवाबाट नख्खु कारागारमा ल्याएको दुई दिनमै अस्वस्थ हुनुभएको हो । 

काठमाडौँ । भैरहवाबाट नख्खु कारागारमा सारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ हुनुभएको छ ।

रास्वपा)का सभापति लामिछाने भैरहवाबाट नख्खु कारागारमा ल्याएको दुई दिनमै अस्वस्थ हुनुभएको हो । 

लामिछाने भएपछि रगत जाँच गर्नका लागि वीर अस्पताल पठाइएके छ । वीरको चिकित्सक नख्खु कारागारमा पुगेर लामिछानेको रगत संकलन गरी अस्पताल ल्याएका हुन् । 

रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट नआएको कार्यवाहक सभापति डोरप्रसाद अर्यालले जानकारी दिनुभएको छ । 

‘म उहाँले भेट्न गएको थिएँ । उहाँ अस्वस्थ भएकाले चेकअपका लागि ट्रमा सेन्टरबाट डक्टरहरू लिएर ब्लड परीक्षण गरिएको छ, रिपोर्ट आएको छैन’ उहाँले भन्नुभयो– लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्छ । परीक्षणको रिपोर्ट आएपछि मात्र के भएको थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट