
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा सम्पन्न स्पेनको ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स्’ कार्यक्रममा गएका १० जना नेपाली सहभागी अझै स्वदेश नफर्किएको तथ्य सार्वजनिक भएको छ ।
उकेरा डटकमले प्रकाशन गरेको समाचार अनुसार उनीहरूको पासपोर्ट विवरण फेला परेको छ भने, तीमध्ये अधिकांश स्पेनमै रहेका र केही अन्य युरोपेली देश पुगिसकेको जनाइएको छ।
उकेराको रिपोर्टअनुसार, स्वदेश नफर्किने व्यक्तिहरूमा तेह्रथुमका फुर्वा र जीवन, काभ्रेका राजेश, झापाका एटराज र प्रणियता, ताप्लेजुङका डण्डु र शिक्षा, चितवनका अर्जुन, म्याग्दीका रबिन र पर्वतका हरिप्रसाद छन्।
विशेषगरी ताप्लेजुङकी शिक्षाको सामाजिक सञ्जाल गतिविधिबाट उनी स्पेनबाट जर्मनीको ह्यामबर्ग पुगेको देखिन्छ। उनले युएन सम्मेलनपछि जर्मनी पुगेको बारेमा फेसबुकमा उल्लेख गरेकी छन्।
प्रधानमन्त्री ओली असार १४ गते सो सम्मेलनमा भाग लिन स्पेन गएका थिए। उक्त कार्यक्रममा विश्वभरका राष्ट्र प्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्था, व्यापारिक निकाय, नागरिक समाज र युएन प्रतिनिधिहरू सहभागी थिए।
प्रधानमन्त्री ओलीको भ्रमण सकिएपछि सरकारी टोली स्वदेश फर्किए पनि, सहभागीमध्ये केही फर्किएको छैन भन्ने विषयले संसदसम्म प्रवेश पाएको हो। रास्वपाकी सांसद सोविता गौतमले प्रतिनिधिसभामा असार २४ गते सोबारे प्रश्न उठाएपछि सत्ता र विपक्षबीच भनाभन चलेको थियो।
तर, त्यसपछि परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको टोलीसँग गएका सबै सदस्य फर्किएको दाबी गरेको थियो। तर उकेराको समाचारले सो दाबीलाई चुनौती दिएको देखिन्छ।
यता, सो कार्यक्रमको आडमा केही व्यक्तिलाई नक्कली कागजातमार्फत युरोप पठाउने मानव तस्कर गिरोह सक्रिय रहेको पनि उजागर भएको छ। हाल नेपालमा स्पेनको दूतावास नरहेको र भारतस्थित नयाँ दिल्लीको दूतावासमार्फत स्पेन भिसा प्रक्रिया हुने भएकाले प्रक्रिया कति पारदर्शी छ भन्ने प्रश्न पनि उठ्न थालेको छ।
Sources: उकेरा डटकम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै