
झापा । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा राजस्व वृद्धि भएको छ ।
भद्रपुर मालपोतले आर्थिक वर्ष २०८० र ८१ मा ८० करोड ५८ लाख १४ हजार ५ सय ९२ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ३६ हजार ८ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उल्लेखित आम्दानी भएको हो ।
आव २०८०र८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट शुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । ‘गत आव २०७९र ८० कोे तुलनामा २२ करोड १२ लाख ६९ हजार १ सय ९९ रुपैयाँले राजस्व वृद्धि भएको छ’ उहाँले भन्नुभयो । गत आवमा ५८ करोड ४५ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८० र ८१ मा सेवा करवापत ७ करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेशन दस्तुरबाट ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटवापत ६ करोड २७ लाख ८७ हजार ६ सय १२, डोर सुविधा शुल्क एक लाख ८९ हजार, पुँजीगत लाभकर ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कवापत एक लाख १७ हजार ९ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा