+

सरकार तत्काल विघटन हुनुपर्छ : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल वर्तमान सरकार तत्काल विघटन गर्नुपर्ने बताएको छ ।

 
सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपदेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्नुपर्ने बताएको हो । 

वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो  ‘तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आव्हान गर्दछ ।’

सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाले बताएको छ । ‘शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ,’ उहाँले भन्नुभया ‘आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दु खद घटनाको रूपमा लिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै