
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विधान महाधिवेशनमा पार्टीको नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेश गरिएको छ ।
ललितपुरमा जारी दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरूले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको दाबी छ ।
महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा नेताहरूबाट व्यक्त भएका भनाइका सम्बन्धमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको उहाँको भनाइ छ।
उहाँले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको पनि दाबी गर्नुभएको छ। ‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरूले छलफलमा उठेका विषयलाई समावेश गरी बन्द सत्रमा प्रतिवेदन पेश गरिसक्नुभयो । दश वटै समूह नेताहरूले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाइसकेका व्यक्ति पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझाव दिनुभएको छ’ उहाँले भन्नुभयो।
सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल, कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडा, गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेश गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा