
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्रभित्रका लघु, घरेलु तथा साना उद्योग, व्यापार तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याउन अभियान शुरु गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले नयाँ व्यवसाय दर्ता, नवीकरण र अनुगमनलाई तीव्रता दिइएको हो ।
चालु आर्थिक वर्षमा नगरका वडा नम्बर १, २, ३, ५, ६ र १० मा व्यवसाय दर्ता तथा नवीकरण अभियान सञ्चालन गरिएको छ । छ वटा वडामा सञ्चालित व्यवसाय दर्ता अभियानका कारण हालसम्म पाँच सय ३४ व्यवसायको अनुगमन गरिएको बताउँदै नगरपालिकाका लेखा अधिकृत सञ्जयकुमार शर्माले एक सय ९४ नयाँ व्यवसाय दर्ता भएका जानकारी दिनुभयो । नविकरण र नयाँ दर्तासँगै दुई हजार दुई सय २९ व्यावसाय पुगेका छन् ।
यस अवधिमा गरिएको अनुगमन र दर्ताबाट १६ लाख ८१ हजार ४ सय ४० रुपैयाँ राजस्व सङ्कलन गरिएको लेखा अधिकृत शर्माले जानकारी दिनुभयो । आगामी आवमा पनि अभियान सञ्चालन गरी व्यवसायीलाई करको दायरामा ल्याउने योजना नगरको रहेको छ ।
किशोर-किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा
रामग्राम नगरपालिकामा रहेका दुई स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । विभिन्न ४५ वटा मापदण्ड निर्धारण गरिएकामा ८० प्रतिशत बढी सूचक पूरा भएपछि किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
वडा नम्बर १६ स्थित शुक्रौली स्वास्थ्यचौकी र वडा नम्बर १४ स्थित अमरौट स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो । सबै उमेर समूहलाई विशिष्टीकृत सेवा दिने अवधारणा अनुरुप किशोरकिशोरीका लागि पनि मैत्रीपूर्ण सेवाको शुरुवात गरिएको उहाँले बताउनुभयो ।
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ को दफा ५ को व्यवस्थाका आधारमा दुई स्वास्थ्यचौकीलाई मैत्रीपूर्ण संस्था घोषणा गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । ‘दुई स्वास्थ्य संस्थामा किशोरकिशोरीका समस्या समाधानका लागि फोकल पर्सन र कक्षको व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो ।
किशोरकिशोरीमा हुने शारीरिक तथा मानसिक विकास, प्रजनन स्वास्थ्य, विभिन्न रोग तथा अङ्गका विषयमा जानकारी लिन उनीहरु बिना सङ्कोच स्वास्थ्य संस्थामा गएर जानकारी लिन सक्ने छन् । कुनै समस्या भएमा फोकल पर्सनलाई जानकारीसमेत गराउन सक्ने व्यवस्था गरिएको छ ।
आगामी आवमा नगरका सबै स्वास्थ्यचौकीबाट यो सेवा प्रदान गर्ने लक्ष्यका साथ बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ । यो अभियानमा ग्रिनतारा नेपालले सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा