
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८० र ८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले त्यही आबमा ३४ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ ।
समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उहाँले भन्नुभयो– ‘त्यो आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा ११ लाख मात्र उठेको छ ।’ आर्थिक वर्ष २०८१ र ८२ मा पालिकाले १८ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट ५ करोड १ लाख ४४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा