
कैलाली । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ९ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।
सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा त्यो लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताउनुभयो ।
गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर त्यस आवमा ७ करोड ५० लाख ४० हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताउनुभयो । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौैँ’ उहाँले भन्नुभयो ।
सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार, बेरुजुबाट १ लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महशुल आयातमा ५ करोड एक लाख, कृषि सुधार शुल्कमा १ लाख ८ हजार, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मूल्य अभिवृद्धि कर आयातमा ४ करोड ४६ लाख ९७ हजार तथा हरित करबाट ४ हजार रुपैयाँ राजश्व सङ्कलनभएको प्रमुख सापकोटाले बताउनुभयो ।
सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । यस भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा