
झापा । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार ८ सय ९१ राजस्व रुपैयाँ सङ्कलन गरेको छ ।
११ हजार ८ सय ६१ थान रजिस्ट्रेसन पारितबाट यति आम्दानी भएको मालपोत कार्यालयले जनाएको छ ।
चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । ‘गत आव २०७९ र ०८० को ११ महिनाको तुलनामा चालु आवमा २० करोड ८७ लाख ९३ हजार ६ सय १४ रुपैयाँले राजस्व सङ्कलन बढेको छ’ उहाँले भन्नुभयो । गत आवको यही अवधिमा ५० करोड एक लाख २० हजार २ सय ७७ राजस्व रुपैयाँ सङ्कलन भएको थियो ।
चालु आवमा सेवा कर बापत ६ करोड ८६ लाख ७० हजार दुई सय ८९, रजिष्ट्रेसन दस्तुर ४३ करोड ४३ लाख ७८ हजार ३ सय ५५, छुट बापत ५ करोड ७० लाख ६३ हजार ७ सय ४५, डोर सुविधा शुल्क १ लाख ६५ हजार सङ्कलन भएको छ ।
पूँजीगत लाभकर .२६ करोड ३५ लाख ५५ हजार ३ सय ८५ र विलम्ब शुल्कबापत १ लाख ८ हजार छ सय ६ राजस्व सङ्कलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा