
काठमाडौँ । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ ।
नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत डा सवेस्टियन डोमजाल्स्कीबीचको भेटमा चेम्बरले पोल्याण्डलाई लगानी गर्न आग्रह गरेको हो ।
भेटमा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले दुई मुलुकबीच आर्थिक सम्बन्ध विस्तारका लागि नेपालको ग्रीन हाइड्रोजनमा लगानी गर्न कार्यवाहक राजदूतसमक्ष आग्रह गर्नुभयो । ‘नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै यसको माग उच्च छ, पोल्याण्ड र नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि लगानीका लागि नेपाल आर्कषक गन्तव्य हो अध्यक्ष अग्रवालले भन्नुभयो ।
उहाँले नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले नेपालको जलविद्युत्, पर्यटन, खानीलगायतका क्षेत्रमा लगानी गर्नसमेत डा सवेस्टियनसमक्ष आग्रह गर्नुभयो ।
उक्त भेटमा आवासीय कार्यवाहक राजदूत डा सवेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताउनुभएको थियो । दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले फाइदा खोज्नुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा