
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नेपाल तयारी पोशाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उहाँले तयारी पोशाक लगायत निर्यातका समस्या समाधानमा व्यवसायीसँग बृहत् छलफल गर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो– निर्यात व्यवसायीसँग बृहत् छलफल गरेर ठोस निर्णय लिनुपर्ने छ, निर्यातको अवस्था साह्रै नाजुक भयो, नेपाली वस्तुको निर्यातका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्न प्रतिवद्ध छु, यसमा पुँजीगत समस्या छ, हामी गम्भीर छौँ, आगामी बजेटले यस विषयलाई सम्बोधन गर्छ ।’
सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउने टोली मन्त्रालयमा भएकै बेला वाणिज्य सचिव दिनेशकुमार घिमिरेले सम्बन्धित भन्सारका प्रमुखलाई तयारी पोशाक निर्यातमा सहजीकरण निर्देशन दिनुभयो । सङ्घले मन्त्री समक्ष तयारी पोशाक उत्पादन र निर्यात प्रवर्द्धन गर्ने क्रममा संसारका प्रचलित नवीनतम प्रविधि, तदनुसारको प्रशिक्षण तथा लगानीलाई प्रोत्साहन गर्नुपर्ने माग राखेको छ ।
ज्ञापनपत्रमा भनिएको छ– ‘मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र÷संस्थाहरुको आर्थिक÷प्राविधिक सहायतमा सञ्चालित कार्यक्रम तथ आयोजनाबाट तयारी पोशाक उत्पादन निर्यात प्रवर्द्धनका लागि सहयोग उपलब्ध गराउनुपर्ने सूचीमा सङ्घको नाम पनि समावेश गर्न अनुरोध छ ।’
काठमाडौँ उपत्यका वा छिमेकी जिल्लामा उपलब्ध जग्गामध्येबाट करिब ३ सय रोपनी जग्गामा वातावरणमैत्री तयारी पोशाक ग्रामको अवधारणाअनुसार उपत्यकामा छरिएर रहेका ससाना उद्योगलाई एकै स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्ने प्रबन्ध मिलाउन सङ्घले माग गरेको छ ।
ज्ञापनमा भनिएको छ– ‘यस्तो हुन सकेमा अन्तर्राष्ट्रिय साना तथा मझौला क्रेतालाई सरल पहुँच, महाविद्यालयका शिक्षार्थीलाई औद्योगिक अध्ययन(अवलोकन भ्रमण केन्द्र र एकीकृत औद्योगिक वातावरण निर्माण गर्न सकिने छ ।’
सङ्घले विसं २०४६ देखि खपत मापदण्ड अद्यावधिक गरी उद्योगीको आवश्यकताअनुसार थप मापदण्ड निर्धारण गर्नुपर्ने माग गरेको छ । नयाँ मापदण्ड निर्धारण नभएसम्म साविक बमोजिम निकासी र बैंक प्रत्याभूति फुकुवा गर्न अर्थ मन्त्रालयमा समन्वय गरिदिनुपर्ने सङ्घका माग छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री