
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेप्से परिसूचक १४ दशमलव ८१ अंकले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव २६ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा कमी आएको छ ।
मंगलबार कूल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयामा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स ७ करोड ४३ लाख ५३ हजार ५ सय ७२, पोखरा फाइनान्स ६ करोड ६८ लाख ९८ हजार २ सय १४, सर्वोत्तम सिमेन्ट ४ करोड ५९ लाख ८१ हजार ४ सय ३४ र शिवम् सिमेन्ट ४ करोड ४७ लाख ४३ हजार ७ सय ७ रुपैयाँ बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
एसबिएस ऋणपत्र ९ दशमलव ९९, गोर्खाज फाइनान्स ९ दशमलव ९६, सिभिल बैंकको ऋणपत्र ८ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक ५ दशमलव शून्य २ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव शून्य ४ प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।
रुरु जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स ६ दशमलव ७४, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ५०, डोल्टी पावर ५ दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव शून्य ६ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा