
पोखरा । गण्डकी प्रदेशका उपसभामुख बीनाकुमारी थापाले हकअधिकार खोज्दा कर्तव्यलाई भुल्न नहुने बताउनुभएको छ ।
११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ पोखरा महानगरद्वारा पोखरामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्राप्त महिला अधिकारको भरपुर उपयोग गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
मुलुकको परिवर्तनका लागि भएका प्रत्येक आन्दोलनमा महिलाको महत्वपूर्ण सहभागिता रहेको उल्लेख गर्दै उहाँले अबका महिला थप अधिकारका लागि सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । वनको संरक्षणले जीवात्माका लागि प्राणवायु भएको बताउँदै उपप्रमुख थापाले प्राकृतिक स्रोतलाई समृद्धिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । संविधान परिवर्तनशील हुने बताउँदै आवश्यकताअनुसार परिमार्जन गरिने उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख तथा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले लैङ्गिक समानताका लागि महिला सशक्तीकरणको खाँचो आँैल्याउनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की र प्रदेश अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वन समूहले महिला नेतृत्व विकासमा उल्लेखनीय भूमिका खेल्दै आएको बताउँदै महिला दिवस विकट बस्ती एवं श्रमिक महिलासम्म पुग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासङ्घका वडास्तरीय कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ गराइएको थियो ।त्यस अवसरमा विभिन्न वडाका एक सय २८ जनाले सपथ लिएका थिए ।
पोखरा महानगर वन महासङ्घका अध्यक्ष कमलकुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासङ्घका अध्यक्ष विश्वनाथ लामिछाने, डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल रेग्मी, जमुना सुवेदी, सीता सापकोटा लगायतले महिला दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो