+

नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौँ । नागरिकता विधेयक राष्ट्रियसभाबाट भएको छ । सभाको शुक्रबारको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो । 

प्रतिनिधसभाबाट पारित भएको विधेयक राष्ट्रियसभामा आउँछ । त्यसलाई  राष्ट्रियसभाले पारित गरी पुनर्विचारको लागि फेरि प्रतिनिधिसभामै पठाउँछ । अनि त्यो विधेयक प्रतिनिधिसभाबाट  पुनर्विचारसहित पारित भएपछि प्रमाणीकारणको लागि राष्ट्रपति समक्ष पठाउने प्रावधान छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बल्ल कार्यान्वयनमा लागिन्छ । 

राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक फेरि  प्रतिनिधिसभामै पठाइने भएको छ । विधेयकलाई प्रतिनिधिसभाले पुनर्विचारसहित पारित गरेपछि प्रमाणीकारणको लागि राष्ट्रपति कहाँ पठाइनेछ । 

विधेयकमा आमाको नामबाट शर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ । यसबाट बाबु पहिचान नभएकाहरुले पनि सहजै नागरिकता पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट