
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई विश्वबजारसम्म पुर्याउनुपर्ने बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा बिहीबार आयोजित ‘सिमानाभन्दा पर, नेपाली चलचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बदलिँदो विश्वपरिवेशलाई ध्यान दिँदै नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गर्नुभएको हो । आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुर्याउनुपर्ने समय आएको उहाँको भनाई छ ।
वरिष्ठ चलचित्रकर्मी नीर शाहले कलाकर्मीबीचको अविश्वास र बेमेलका कारण चलचित्र व्यवसाय अपेक्षा गरिएअनुसार फस्टाउन नसकेको उल्लेख गर्दै व्यावसायिक सफलताका लागि लगनशील भई एकतावद्ध रूपमा अघि बढ्न चलचित्रकर्मीसँग अनुरोध गर्नुभयो ।
सञ्जालका अध्यक्ष लब प्याकुरेलले नेपाली युवाको विदेसिने क्रम बढेसँगै राम्रा चलचित्रले पनि बजार पाउन नसकेका सन्दर्भमा नेपाली भाषीको उल्लेख्य उपस्थिति भएको विश्वबजारसम्म नेपाली चलचित्र पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपाली चलचित्र उद्योगमा उल्लेख्य योगदान पु¥याउनुहुने गीतकार डा कृष्णहरि बराल, अग्रज एवं वरिष्ठ चलचित्रकर्मी भुवन चन्द, गौरी मल्ल, करिष्मा मानन्धर, राजकुमार राई, उद्धव पौडेल, रवीन्द्र खडका, मुकुन्द भट्टराई लगायतका व्यक्तित्वलाई सम्मान गरिएको छ ,
त्यस अवसरमा सञ्जालका नवनिर्वाचित अध्यक्ष प्याकुरेल, उपाध्यक्षद्वय प्रदीपलाल श्रेष्ठ र लक्ष्मण सुवेदी, महासचिव रमेश कोइराला, सचिव भीष्मराज फुलारा, कोषाध्यक्ष थण्डबहादुर अधिकारी लगायत १२ सदस्यीय पदाधिकारी एवं कार्यकारी सदस्यलाई प्रमाणपत्र पत्र प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो