
काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत गर्ने भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा बिहीबार बसेको मस्यौदा समितिको बैठकले १०औँ महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको १०औँ महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न १०औँ महाधिवेशन एउटै दस्तावेज छलफलमा लैजाने सर्व सम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । ‘अब केही नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्तावेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने छ’ बैठकपछि प्रवक्ता खतिवडाले संचारकर्मीहरुसँग भन्नुभयो ।
महाधिवेशनको लागि सैद्धान्तिक दृष्टिकोण, सङ्गठनात्मक कार्यदिशाबारे गहन छलफल गरी दस्तावेज तयार पार्न एकीकृत समाजवादीले अध्यक्ष नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा समिति बनाएको थियो । समितिको फागुन १५ गतेदेखि बिहीबारसम्म छलफलले महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत निश्कर्ष निकालेको हो ।
दस्तावेजमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता र सद्भाव प्रवर्द्धनलाई दस्तावेजमा समेटिने प्रचार विभाग प्रमुख खतिवडाले बताउनुभयो ।
महाधिवेशनमा विधान सम्मेलनमा पारित प्रतिवेदन, राजनीतिक, आर्थिकलगायत प्रतिवेदनमा थप छलफल गरिने छ । मस्यौदामा सुझाव सङ्कलन गर्न जिल्ला तहका कार्यकर्तालाई मस्यौदा पठाइसकिएको छ । उनीहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिबारे पनि समावेश गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो