
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेशन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन हुने भएको हो । आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले बुधबार पत्रकार भेटघाटमार्फत डिजिटल मार्गचित्र तयार गर्न प्रविधि सम्मेलन हुने जानकारी दिनुभएको छ । उहाँले कर्णाली प्रदेशकै एक महत्वपूर्ण प्रविधि सम्मेलनमा नीति, नियम, सञ्चार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सुशासन, विपद् व्यवस्थापन, अर्थतन्त्र, नेतृत्व, स्टार्टअप र उद्यमीका विषयमा नीतिगत तहको छलफल हुने जनाउनुभयो ।
‘पूर्वाधार विकासमा कुन विषयगत क्षेत्रमा प्राथमिकता दिने, प्रदेश सरकार र स्थानीय तहलाई कसरी डिजिटल प्रविधिमा लगेर कार्यमा सहजता ल्याउने भन्ने विषयमा छलफल हुनेछ’ मन्त्री जिसीले भन्नुभयो– ‘यसमा डिजिटल नेतृत्व विकास र निजामती क्षेत्रको प्रशासनिक कार्य दक्षता पनि जोडिनेछ ।’ सम्मेलनमा प्राप्त सुझावलाई फाउण्डेशनले प्रतिवेदन सरकारलाई पेश गर्ने र त्यसलाई नीतिमा समावेश गरिने उहाँको भनाई छ ।
आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नीति र नेतृत्व, मानव पुँजी, आइसिटी र तथ्याङ्क उद्योग, डिजिटल पूर्वाधार, डिजिटल रुपान्तरण र सुरक्षाको विकास र सुनिश्चितताका लागि प्रविधि सम्मेलन गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सम्मेलन फागुन १८–१९ गतेसम्म सञ्चालन हुनेछ । जसमा ४ वटा प्रमुख नोट र ६ वटा प्यानल सत्र सञ्चालन हुँदैछन् ।’
कर्णालीको सोच र नेतृत्वको विषयमा पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीको पावर सेसन हुने जनाउँदै उहाँले मनोहरकुमार भट्टराईले कर्णालीका लागि ‘डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा कि–नोट प्रस्तुत गर्ने जनाउनुभयो । उहाँले दुई दिनसम्म सञ्चालन हुने कन्क्लेभमा ४० बढी सरोकारवाला र विज्ञहरु वक्ताको रुपमा सहभागी हुने बताउनुभयो ।
अध्यक्ष लम्सालका अनुसार कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाही, विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दूरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउण्डेशनको कार्यपत्र प्रस्तुति गरिनेछ । सम्मेलनमा सङ्घ, प्रदेश र स्थानीय तह गरी ४ सय जनाको सहभागिता हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु