
कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा स्वास्थ्य पत्रकारितासम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम आजदेखि धनगढीमा शुरु भएको छ ।
कार्यक्रमको आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै सञ्चारमाध्यमले समाचार सत्यतथ्यमा आधारित भएर दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो– ‘पत्रकारले कलम चलाउँदा, सार्वजनिक व्यक्तिले बोल्दा त्यसले समाजमा पार्ने असरलाई ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्र झन संवेदनशील भएकाले यसमा कलम चलाउँदा अझ सजग हुनुपर्छ ।’
उहाँले पत्रकार राज्यको चौथो अङ्ग भएकाले राज्यका कमीकमजोरी औँल्याउने, सजग गराउने, सही सूचना दिने र सही मार्गमा लैजाने दायित्व पत्रकारको भएकोे बताउनुभयो ।
मन्त्री खड्काले भन्नुभयो– ‘विभिन्न क्षेत्रमा भएका समस्याको उजागर गर्ने, आवाजविहीनको आवजलाई अगाडि ल्याउने दायित्व पत्रकारिता क्षेत्रको हो । समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दछ ।’
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको सहयोगमा सञ्चालित अभिमुखिकरण कार्यक्रम शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव