+

एमालेले केन्द्रीय कार्यालय बनाउन सदस्यबाट सय रुपैयाँ उठाउने

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केन्द्रीय कार्यालय बनाउन संगठित सदस्यबाट सहयोग संकलन गर्ने भएको छ । 

एमालेले केन्द्रीय कार्यालय बनाउन संगठित सदस्यबाट कम्तिमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । एमालेको बिहीबार बसेको  केन्द्रीय सचिवालयले आसन्न केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय निर्माणका लागि आर्थिक सहयोग संकलनलाई एजेण्डा बनाउने निर्णय गरेको छ । 

एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय २०७२ सालको भूकम्पपछि भत्किएको छ । भत्किएको ८ वर्ष हुन लाग्दा पनि एमालेले केन्द्रीय कार्यालय बनाउन सकिरहेको छैन । 

‘केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट न्यूनमत १०० रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जाँदैछौं’ बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट