
नवलपुर । नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणअन्तिम चरणमा पुगेको छ । २०७२ साल असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण शुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो ।
सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग जोडिएको नदी पारीको सुस्ता जोड्न निर्माण शुरु गरिएको ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’को काम ९० प्रतिशत पूरा भएको हो । सुस्ताको लाइफलाइनको रुपमा रहेको त्यो झोलुङ्गे पुल निर्माणका लागि काठमाडौँको बालाजुस्थित त्रिशूली–आश्रय जेभीले तीनपटक म्याद थप गरी अहिले सम्पन्न गर्ने तयारीमा रहेको छ ।
‘झोलुङ्गे पुलमा वाक वे एडजस्टमेन्ट ९हिँड्ने बाटो जोड्ने० काम थोरै बाँकी रहेको र पुलको दायाँबायाँ जाली लगाउनेुपर्ने काम बाँकी छ’ उहाँले भन्नुभयो– ‘एडजस्टमेन्टको काम सकेर पुलको दायाँबायाँ जाली लगाउने काम सकिएपछि लगभग पुल तयार हुन्छ ।’
हिँड्ने बाटो जोड्ने र जाली लगाउने कामपछि झोलुङ्गे पुलको लठ्ठा तन्काएर पुल सञ्चालन गरिने सव–इन्जिनियर थापाले बताउनुभयो । पुल निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद ३० फागुन, २०८० सम्म रहेको भन्दै अवधिमा सबै काम सकाएर निर्माण पक्ष पुल हस्तान्तरण गर्ने तयारी रहेको उहाँको भनाई छ । ‘वाक वे निर्माणका लागि आवश्यक फलाम आउन बाँकी छ’ सव–इन्जिनियर थापाले भन्नुभयो, ‘चितवनमा भट्टी सञ्चालन नहुँदा आवश्यक फलाम बुटवलबाट ल्याउने तयारी गरेका छौँ, बुटवलको भट्टीबाट फलाम ल्याएपछि काम पूरा गर्नेतर्फ लाग्छौँ ।’
सुस्ता गाउँपालिका–५ स्थित पक्लिहवामा निर्माण भइरहेको मल्टिस्पान झोलुङ्गे पुल नेपालकै ठूलो झोलुङ्गे पुल भएको र यसको लम्बाइ एक हजार ५७१ मिटर रहेको उहाँले जानकारी दिनुभयो । झोलुङ्गे पुलमा जम्मा १३ वटा स्पान रहेकामा दुई सय तीन दशमलव आठ मिटरका पाँच वटा र ६९ मिटरका आठ वटा छन् । पुलको लागत अनुमान मूल्यअभिवृद्धि करसहित २९ करोड ४० लाख ७२ हजार रुपैयाँ छ ।
पुल सञ्चालनमा आएसँगै दैनिक करिब एक हजारभन्दा बढी मानिस लाभान्वित हुने अनुमान गरिएको छ । ‘सुस्ताका करिब तीन सय ५० घरपरिवार र नारायणी पारीको भारतीय नागरिकले समेत यस पुलबाट लाभ लिन सक्नेछन्’ सव–इन्जिनियर थापाले भन्नुभयो– ‘तीनतर्फबाट नारायणी नदीले घेरिएको सुस्ता पुग्न अहिले नेपालतर्फको अन्य भागबाट बाटो नभएकाले डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।’ कोरोना कालमा विभिन्न अवरोधका कारण पुल निर्माणको काम दुई वर्षसम्म रोकिएकामा विगत दुई वर्षदेखि पुल निर्माणले तीब्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न