
तनहुँ। व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ । निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो ।
भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो । निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कबिहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो । विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ ।
“तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ”, उहाँले भन्नुभयो । व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिर्जभ टयाङ्की निर्माण गरिएको छ । तर भदु्रमा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण कार्य अधुरै छ । रु १९ करोडको लागतमा उक्त आयोजना निर्माण कार्य अघि बढाइएको हो । “निर्माणमा ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो । व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्न लागिएको हो ।
विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भएको हो । संस्थाले हालसम्म दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । व्यास–१३ करादी खिरखादी मुहानबाट ल्याएर पानी वितरण गरिँदै आएको छ । सो क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानी अभाव भएको हो । उक्त अभाव पूरा गर्न वैकल्पिक खानेपानीको रूपमा मादी नदी लिफ्टिङ खानेपानी योजना निर्माण अघि बढाइएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध