
काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न चासो लिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ । अदालतले २०७४ चैत ७ गते त्यसको लागि आदेश दिएको थियो ।
संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले सवाल समेतलाई सम्बोधन गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा गत असार १८ गते नेपाल सरकार, गृह मन्त्रालयमा पेश गरिएकोमा हालसम्म सदनमा प्रस्तुत नभएको बताउनुभयो ।
उहाँले विभिन्न तहमा रिक्त पदमा हुने उपनिर्वाचनमा मताधिकार वृद्धि गर्न नामावलीमा दर्ता हुनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न