
बाँके । बाँकेको कोहलपुरमा विहिबारदेखि पाँचौ प्रादेशिक औधोगिक, लघु, घरेलु तथा कृषि प्रविधि, व्यापार एवं पर्यटन महोत्सव शुरु भएको छ । महोत्सवको भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्दघाटन गर्नु गर्नुभयो ।
‘मिहेनत, सृजना उत्पादन र वस्तु : मेरै नेपालको’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका संयोजक हेम विक्रम जिसीले बताउनु भयो ।संस्कृतिको संरक्षण गर्ने र स्थानीय बजारको विकासका लागि मेलाको आयोजना गरिएको जिसीको भनाइ रहेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले स्थानिय उत्पादनलाई महत्व दिदै प्रचारप्रसारमा जोड दिए व्यापार व्यवसायमा सहयोग पुग्ने भन्दै महोत्सव मनोरञ्नका रुपमा मात्र नभएर आयआर्जनको स्रोत समेत भएको बताउनु भयो । आर्गनिक उत्पादनलाई प्रवर्दन गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।
कोहलपुर नगर क्षेत्रमा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला सँस्कृती सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका साथसाथै पर्यटन प्रवर्धन गर्ने महोत्सवको उद्देश्य रहेको महोत्सव मुल आयोजक समिति सदस्य सचिव हिमलाल घिमिरेले बताउनु भयो ।
महोत्सव आगमी फागुन ४ गते सम्म संचालन हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न