
नुवाकोट । अब सालको रुख काट्न पाइने भएको छ । २२ वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको हो ।
सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार २०५८ साल कात्तिक १६ मा लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर २०८० मङ्सिर ७ मा जनाएसँगै सालको रुख कटानको अवरोध हटेको छ।
यससँगै नुवाकोटमा निजी वन दर्ताको क्रम शुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो । उहाँको अनुसार यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै सुरु भएको छ । ‘निजी जग्गामा हुर्किएका सालको रुख काट्नको लागि वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनको लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएको छ ।’ डिभिजनल वन अधिकृत पोखरेलले भन्नुभयो– ‘दर्ता भएका निजी वनको सालका रुख तोकिएको कानुनी प्रक्रिया पूरा गरेर देशभर बिक्री गर्न पाइन्छ ।’
वन ऐन–२०७६ र नियमावली–२०७९ अनुुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा सालका रुख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न सुरु गरेका छन् । डिभिजन वन कार्यालयको सिफारिसमा आवश्यक लगत खडा गरेर पालिकाबाट दर्ता प्रमात्रपत्र पाइने व्यवस्थाअनुरुप जिल्लाको अन्य पालिकाले पनि निजी वनको दर्ताको लागि आवश्यक कानुनी प्रक्रिया खुला गरेर तयारी अघि बढाएको डिभिजनल वन अधिकृत पोखरेलले जानकारी दिनुभयो । उहाँको अनुसार रुख कटानको लागि स्थान र उद्देश्यअनुसार पालिका वा वन कार्यालयको सिफारिसमा निजी जग्गाको सालको रुख काट्न पाइने भएको हो ।
बागमती प्रदेशभित्रको जिल्लामा सालको रुख काट्न ‘निजी वनको सालको रुख उपयोगसम्बन्धी कार्यविधि–२०८०’ मा निर्धारण गरिएको छ । उक्त कार्यविधि प्रदेशको वन तथा वातावरण मन्त्रालयले हाल राय तथा सुझाबको लागी मातहतका निकायमा पठाएकाले छिट्टै लागू गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न