
काठमाडौँ । नेपाल र क्यानडाबीचको तीन दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेल आज त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुदै छ । दुवै टोली श्रृंखलामा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रर्नेछन् ।
नेपालका रोहित पौडेल र क्यानडाका साद बिन जाफरले आ-आफ्नो टीमको कप्तानी गर्दैछन् । नेपाल घरेलु मैदान र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्ने दाउमा छ ।
नेपालका पूर्व प्रशिक्षक समेत रहेका पुबुदु दसानायिके क्यानडाका मुख्य प्रशिक्षक रहेका छन् । दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।
नेपालले फेब्रुअरी ८, १० र १२ मा क्यानडासँग तीन दिवसीय श्रृंखला खेल्दैछ । त्यस्तै, नेपाल ए टोलीले पनि क्यानडासँग सिरिज खेल्ने तालिका छ । क्यानले केहि दिनमा त्यसको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
सिरिजका लागि नयाँ अनुहार समेट्दै नेपालले १५ सदस्यीय राष्ट्रिय टोलीसमेत घोषणा गरिसकेको छ। क्यानडाविरुद्ध हुने तीन खेलको सिरिजमा ३ नयाँ अनुहारसहित ४ डेब्यु गर्न बाँकी रहेका खेलाडी टोलीमा रहेका छन्। टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
त्यस्तै क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि १५ सदस्यीय टोली घोषणा गरेका छन् ।
क्यानेडीयन टोलीमा साद बिन जफर, आरोन जोन्सन, श्रीमान्थ विजयरत्ने, नवानित धलिवल, कलिम साना डिलो हेलिगर र पर्गत सिंहलगायत छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीस्वरुपमा नेपालले यो सिरिज आयोजना गर्न लागेको हो।
खेल नेपाली समय अनुसार विहान ९ः१५ बजे शुरु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न