
काठमाडौँ । मानव अधिकार पुरस्कार, २०८० मानव अधिकार व्यक्तित्वतर्फ डा रेणु राजभण्डारी र संस्थातर्फ मधेस मानव अधिकार गृह (माहुरी होम)लाई प्रदान गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनका क्षेत्रमा योगदान पु¥याउन सफल डा भण्डारी र माहुरी होमका रविन्द्रनाथ ठाकुरलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । दुवैजनालाई जनही रु एक लाख ११ हजार एक सय ११ सहित सम्मानपत्र प्रदान गरिएको छ ।
सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ५०औँ वर्षलाई मानव अधिकार वर्षको रुपमा मनाउने गरी संयुक्त राष्ट्र सङ्घले गरेको निर्णयअनुसार नेपालमा पनि मानव अधिकार वर्ष मनाउन थालिएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले मानव अधिकारबिना मानवीय मर्यादा, मूल्य मान्यता र मानव सभ्यताको संरक्षण हुन नसक्ने यथार्थतालाई नेपाल सरकारले स्वीकार गरी मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनलाई उच्च प्राथमिकता प्रदान गरेको बताउनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मानव अधिकारसम्बन्धी दस्तावेजबाट सृजित दायित्वको परिपालना गर्दै मानव अधिकारको सम्मान, संरक्षण तथा सम्बद्र्धनलाई संस्कारको रुपमा विकास गर्ने जिम्मेवारी सबैको साझा विषय भएको बताउनुभयो ।
पुरस्कृत व्यक्तित्व डा राजभण्डारी र ठाकुरले मानव अधिकार पुरस्कारबाट सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्दै पुरस्कारले मानव अधिकारको क्षेत्रमा थप सक्रिय भई कार्य गर्न हौसला प्रदान गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु