
काठमाडौँ । केही दिनदेखि उकालो लागेको सुनको भाउआज भने घटेको छ ।
सुनको भाउ शुक्रबार प्रतितोला २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४७ हजार ५ सय रुपैयाँमा झरेको छ ।
बिहीबार प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको तेजाबी सुन आज १ लाख ४६ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ८ सय ३० रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा