
विराटनगर । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । बागमतीका लागि शुभ कन्साकारले ३४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ४१ तथा रविन जोशीले ३१ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन तथा नरेन साउदले दुई विकेट लिए ।
एक सय सय १८ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १९ दशमलव दुई ओभरमा आठ विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमका लागि नरेन भट्टले ३०, दीपक बोहोराले २२, किरण ठगुन्नाले २१ तथा नारायण जोशीले १६ रनको योगदान दिए । बलिङतर्फ बागमतीका गौतम केसीले तीन तथा विपिन आचार्य र इशान पाण्डेले दुई दुई विकेट लिए ।
जितसँगै सुदूरपश्चिम समूह ‘बी’ मा चार खेलमध्ये तीनमा जित र एकमा पराजित हुँदै ६ अङ्कका साथ अङ्कतालिकाको दोस्रोे स्थानमा उक्लिेको छ । बागमती भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले बाँकी दुई खेल जिते पनि समूह चरणबाटै बाहिरिने छ । सुदूरपश्चिम सेमिफाइनल नजिक पुगेको छ ।
आज भएको दोस्रो खेलमा एपिएफ क्लबले घरेलु टोली कोशी प्रदेशलाई चार विकेटले पराजित ग¥यो । पराजित भएसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । कोशीका लागि सोनु अन्सारीले ४३, अङ्कित सुवेदीले ३२ र श्रवण यादवले १९ रन बनाए । बलिङतर्फ एपिएफ क्लबका भुवन कार्की, यज्ञमान कुमाल, अमर रौटेला र इर्साद अहमदले दुई दुई विकेट लिए ।
एक सय १८ रनको लक्ष्य एपिएफ क्लबले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । एपिएफका लागि पुरन विकले ३६, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । बलिङतर्फ मधेसका फिर्दोस अन्सारीले तीन र दीपेश कँडेलले एक विकेट लिए । समूह ‘ए’ मा तीन खेलमा एकमा जित र दुईमा पराजित कोशी दुई अङ्कका साथ तेस्रो स्थानमा छ । कोशीले अब लिगको अन्तिम खेल मङ्गलबार आर्मीसँग खेल्ने छ । दुई खेलमध्ये एकमा जित र एकमा पराजित भएको एपिएफ क्लब दुई अङ्कका साथ चौथो स्थानमा छ ।
मङ्गलबार पहिलो खेल कोशी प्रदेश र आर्मी क्लबबीच तथा दोस्रो खेल बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महम्मद साद बाबु कुरैसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री