
भक्तपुर । भक्तपुर नगरपालिकाले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा सातवटै प्रदेशबाट १७ नगरपालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सुनील प्रजापतिले फागुन २९, ३०, चैत १, २ र ३ गतेसम्म भक्तपुरको शहीद स्मृति खेल मैदानमा आयोजना गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख प्रजापतिको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ उपसमिति गठन गरी तयारी गरिएको छ । प्रतियोगिताको नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें रोहित)ले उद्घाटन गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाबाट भाग लिन नाम दर्ता गराइसकेको बताउँदै नगर प्रमुख प्रजापतिले भन्नुभयो– ‘नेपालमै पहिलोपटक अन्तर नगर महिला कबड्डी प्रतियोगिताको आयोजना गर्ने भएका छौँ, प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार रुपैयाँ, दोस्रोलाई एक लाख, तेस्रो र चौथोलाई ५० र ५० हजार रुपैयाँ प्रतिटिमलाई पुरस्कारको व्यवस्था गरेको छ । साथै सहभागी खेलाडी र अफिसियललाई खाने र बस्ने व्यवस्था पनि गरेका छौँ ।’
पत्रकार सम्मेलनमा नगर प्रमुख प्रजापतिले निर्वाचनमा जनताबीच गरेको प्रतिवद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै नगरपालिकाले पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराते, तेस्रो वर्ष एथ्लेटिक्स, चौथो वर्ष बुद्धिचाल, गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको र यस वर्ष महिला कबड्डी प्रतियोगिता पनि भव्यरुपमा सम्पन्न गर्ने बताउनुभयो । प्रतियोगिताका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेको उहाँले सुनाउनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक एवं भक्तपुर नपा वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगिता सुरु हुनु अगाडि बिहान १० बजे दत्तात्रय प्राङ्गणबाट र्याली शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहीद स्मृति खेल मैदानमा पुगेर उद्घाटनसत्रमा परिणत हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो