
विराटनगर । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । जितसँगै पुलिस समुह ‘बी’मा दुई खेलमध्ये एकमा जित र एकमा पराजित हुँदै दुई अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । गण्डकी खेलेका तीन वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । गण्डकीका लागि दिनेश बुढा मगरले ४६ रन बनाउँदा इश्वर क्षेत्रीले ४१ तथा दिपक डुम्रेले ४० रनको योगदान दिए ।
पुलिसका अविशेक कार्कीले तीन विकेट लिँदा ललित भण्डारी, शरद भेषवाकर र दिपक सेरलाले समान एक÷एक विकेट लिए । जवाफमा एक सय ४५ रनको लक्ष्य पाएको पुलिसले १९ दशमलव तीन बलमा छ विकेट गुमाइ सो विजयी लक्ष्य पार गरेको थियो ।
पुलिसको जितमा ‘प्लेयर अफ द म्याच’ शङ्कर रानाले नटआउट ५१ रन बनाउँदा अमित श्रेष्ठले २८, रोहन विकले १९ र शरद भेषवाकरले १८ रनको योगदान दिए । गण्डकीका अम्रित गुरुङले दुई विकेट लिँदा सन्दिप पराजुलीले पनि दुई विकेट तथा चन्द्र पोडेलले एक विकेट लिए ।
दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई सात विकेटले पराजित गरेको छ । आर्मी लगातार दोस्रो जित निकाल्दै समुह ‘ए’ को शिर्ष स्थानमा उक्लिएको छ । आर्मीले यस अघि खेलेको पहिलो खेलमा कर्णालीलाई पराजित गरेको छ । आर्मीले दुई खेलमा दुई जित निकाल्दै चार अङ्कका साथ पहिलो स्थानमा छ । तीन खेलममध्ये एक खेलमा जित र दुई खेलमा पराजित भएको मधेश दुई अङ्कका साथ चौथो स्थानमा यथावत रहेको छ ।
टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाइ एक सय ५३ रनको योगफल तयार पारेको थियो । मधेशका पवन सराफले ६३ रन बनाउँदा साहिल पटेलले २२ र राहुल मण्डलले १७ रनको योगदान दिए । आर्मीका नितेश पटेलले चार विकेट लिए । त्यस्तै त्रितराज दास र शहाव आलमले दुई÷दुई विकेट लिए ।
जवाफमा एक सय ५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६ दशमलव पाँच बलमा तीन विकेट गुमाइ लक्ष्य पार गरेको थियो । आर्मीकोे जितमा ‘प्लेयर अफ द म्याच’ त्रितराज दासले अविजित ६० रनको पारी खेले । त्यस्तै सन्तोष कार्कीले ५७ र टुल थापाले १९ रनको योगदान दिए । मधेशका रुपेश सिंश, अविशेक तिवारी र पवन सराफले समान एक÷एक विकेट लिए ।
सोमबारको पहिलो खेल सुदूरपश्चिम र बागमती प्रदेश तथा दोस्रो खेल घरेलु टोली कोशी प्रदेश र एपिएफबीच खेल हुने मोरङ क्रिकेट सङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो