
इलाम । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ ।
अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो) र लोक्ता प्रशोधन गरेर हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराईमा आएर उद्योग सञ्चालन गर्नुपरेको उहाँको भनाई छ ।
उच्च पहाडी क्षेत्रमा पाइने लोक्ता र अर्गेली प्रशोधन गरी बनाइने हाते कागज उद्योग मौसम अनुकूल नहुँदा सञ्चालनमा कठिनाइ भएको छ । इलाममा करिब आधादर्जन उद्योग दर्ता भए पनि नियमित रुपमा एउटा उद्योग मात्र सञ्चालनमा रहेको छ ।
हाते कागज सरकारी कामकाजमा प्रयोग हुँदै आएको छ । यसका लागि आवश्यक कच्चापदार्थ जिल्लामा प्रशस्तै उत्पादन भए पनि अनुकूल मौसम नहुँदा उद्योग फस्टाउन सकेका छैनन् । लोक्ता उच्च पहाडी क्षेत्रमा उत्पादन भए पनि सुकाउन घाम आवश्यक पर्दछ ।
उच्च पहाडी क्षेत्रमा नियमित घाम नलाग्दा उत्पादनमा समस्या हुने गरेको उद्योग सञ्चालक फागोले बताउनुभयो । तराईमा जाडोयाममा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने भएकाले हाते कागज उत्पादन प्रभावित भएको उहाँको भनाई छ । पहाडमा मौसम अनुकूल नहुँदा उद्योग सञ्चालनमा आएर पनि बन्द हुने गरेका स्थानीय बताउँछन् ।
क्षेत्रबाट कच्चापदार्थ लेकाली तराईमा ल्याएर उद्योग सञ्चालन गर्ने गरिएको छ । त्यही कामका लागि नौ कठ्ठा जमिन खरिद गरेर उद्योग सञ्चालन गरिरहेको दिलमाया चेम्जोङले बताउनुभयो । उहाँले ढुवानीमा नै बढी रकम खर्च हुने गरेको सुनाउनुभयो । उहाँका अनुसार हाते कागजबाट धूप बनाइने भएकाले पातलो कागज बढी बिक्री हुने गरेको छ ।
सरकारी कार्यालयमा तमसुक लेखनका लागि पनि पहाडे कागजको माग हुने गरेको पाइन्छ । बढी मात्रामा झापाको दमक, विर्तामोड र धरान तथा पोखरामा यसको माग हुने गरेको उद्यमीको भनाई छ । वार्षिक ४० लाख रुपैयाँसम्मको कारोबार लिने गरेको चेम्जोङको उद्योगमा दश जनाले रोजगारी पाएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा केही उद्योग दर्ता भए पनि एउटा मात्र सञ्चालन भइरहेको छ । आधुनिक प्रविधिको प्रयोग, कच्चापदार्थको सहज पहुँच लगायत व्यवस्था गर्न सके उद्योग थप प्रभावकारी र नाफामूलक बन्दै जाने उद्योगीको भनाई छ ।
जापानमा पैसा छाप्न प्रयोग हुने यस प्रकारको कागज जापानलगायत विदेशमा समेत जाने गरेको छ । सरकारले किसान तथा उद्योगीलाई पर्याप्त सहयोग सहयोग गर्न नसकेको उनीहरुको भनाई छ ।
यो कागजमा लेखिएको कुरा लामो समयसम्म पनि रहिरहने भएकाले यसको प्रयोग बढ्दै गएको छ । गाउँघरमा प्रशस्तै कच्चापदार्थ पाइने भए पनि मौसम अनुकूल नहुँदा उत्पादनमा समस्या भइरहेको उद्योगी बताउँछन् ।
सरकारलेले यस्ता उद्योग विस्तार तथा संरक्षणका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्ने उद्योगी फागोले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री