+

हङकङले नेपाललाई दियो २१३ रनको बिशाल लक्ष्य

काठमाडौंँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा हङकङले नेपालाई २१३ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला व्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २१२ रनको विशाल स्कोर खडा गरेको हो । 

हङकङका ब्याटर बाबर हयातले आक्रामक पारी खेल्दै नेपालविरुद्ध शतक प्रहार गरे । बाबरले ४९ बलमा ११० रनको योगदान दिए । आकास चन्दको बलमा अन्तिम ओभरमा आउट हुनुअघि बाबरले १३ छक्का र ३ चौका प्रहार गरे।

९ ओभरको समाप्तिमा ६१-२ को स्थितिमा रहेको हङकङले त्यसपछि आक्रामक ब्याटिङगर्दै विशाल लक्ष्य प्रस्तुत गर्यो ।

बाबर डेब्यु गरिरहेका आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए । आकाशले त्यसअघि आफ्नो पहिलो ओभरमै विकेट हात पारेका थिए । उनले पाँचौ ओभरको पाँचौ बलमा सेट ब्याटर मार्टिन कोट्जीको विकेट लिए ।

आकाशको बलमा लामो सट खेल्ने धुनमा मार्टिन प्रतिश जिसीको हातबाट समातिए । उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे । आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि नेपाललाई आरिफ शेखले पहिलो सफलता दिलाए । इनिङको सुरुवात गरेका आरिफले तेस्रो ओभरको दोस्रो बलमा निजाकत खानलाई सन्दीप जोराबाट क्याच गराएका थिए । निजाकतले खाता खोल्न सकेनन् ।

त्यसपछि बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरे । अंशुमन ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा प्रतिश जिसीको शिकार बने । अर्को ओभरमा जेमी एटकिन्सन राशीद खानको बलमा एलबीडब्लु भए ।

त्यसपछि एजाज खानले अधिकांश समय बाबरलाई स्ट्राइक दिएर ९५ रनको साझेदारी गरे । उनी ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ, प्रतिश र राशीदले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट