
विराटनगर । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदूरपश्चिम तीन खेलमा दुईमा जित र एकमा पराजित हुँदै ४ अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा दुई छक्का र सात चौका प्रहार गरी ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले १२ बलमा ६ छक्का प्रहार गरी ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।
पुलिसका शरद भेश्वाकरले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिँदा मन्जित श्रेष्ठले दुई विकेट लिए । जवाफमा १ सय ८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय ३१ रन मात्र बनाउन सक्यो । पुलिसका शङ्कर राना ९१ रनमा अविजित रहे । रानाले ६२ बलमा पाँच छक्का र नौ चौका प्रहार गरेका थिए । त्यस्तै अविशेक कार्कीले २० बनाए । सुदूरपश्चिमका दीपक चन्द र शेर मल्लले पनि दुई विकेट र नारायण जोशीले एक विकेट लिए ।
आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई आठ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ४० रनको योगफल तयार पारेको थियो । आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा दुई छक्का र दुई चौका प्रहार गरी ४२ रन बनाउदा सन्दीप रजालीले अविजित ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णलीका प्रकाश जैशीले दुई विकेट लिँदा दिनेश अधिकारी र दीपेन्द्र रावतले एकरएक विकेट लिए ।
एक सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा छ विकेट गुमाई एक सय ३२ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि दीपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रवीन्द्र शाहीले २२ रन र विपीन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले दुई विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले एकरएक विकेट लिए ।
शनिबारको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो