
पर्वत । हिन्दूहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा र अलपेश्वर गुफा लगायत जिल्लाका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । सदरमुकाम कुश्माबजारसँगै रहेको गुप्तेश्वर गुफाको दर्शन र गुफाभित्र रहेको शिवलिङ्गको पूजा गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ।
गुफामा दर्शन र पूजा गर्नका लागि पर्वतका गाउँगाउँबाट सर्वसाधरण आएका छन् भने छिमेकी जिल्ला बागलुङ, कास्की र म्याग्दीबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आएका छन् । गुफामा दर्शन गर्ने र भजनमा नाचगान गर्ने पनि प्रशस्त छन् ।
गुप्तेश्वर गुफामा पार्वतीले महादेवलाई पतिको रूपमा पाऊँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास रहिआएको छ । पार्वती पर्वतकै पाङ्गमा जन्मेकी र गुफामा व्रत बस्ने तथा कालीगण्डकीमा स्नान गर्ने गरेको भनाइ पाइन्छ । एक किलोमिटर लामो गुफामा देवीदेवताका दर्जनौँ आकृति छन् ।
यसैगरी कुस्मा नजिकै वडा नम्बर ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ । शिवरात्रिको अवसरमा यहाँ विशेष मेलाको आयोजना गरिएको छ ।
पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे, डहरे, दक्षिण पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला, महाशिलामा रहेको एसियाकै ठूलो दाबी गरिएको महाशिला क्षेत्र, ठूलीपोखरीमा रहेको बाटुलेचौर लगायतका शिवालय मन्दिरमा भक्तजनको बिहानैदेखि मेला लागेको छ ।
पछिल्लो समय भेटिएको पाङ्गको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफामा पनि मेला लागेको स्थानीयले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो