
तनहुँ । भानु चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई सङ्घीय सरकार मातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ ।
नेपालीको भाषिक एकताको प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समितिलाई नेपाल सरकारको स्वमित्वमा राख्ने गरी सञ्चालन गर्न नगरपालिकाले निर्णयसहित माग गरेको हो ।
आचार्यको जन्मस्थल क्षेत्रको महत्व सङ्कुचनमा पर्ने हुँदा त्यस क्षेत्रलाई बृहत्तर सोचका साथ विकास गर्न पुनः विकास समिति ऐन २०१३ बमोजिम गठन र सञ्चालन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
गत माघ २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन आदेश २०७७ खारेज गरी त्यो आदेशबमोजिम खारेजीमा परेको संस्थाको सम्पत्ति, दायित्व, काम गर्न बाँकी रहेका परियोजना तथा कार्यरत जनशक्तिलाई नगरपालिकाले अविलम्ब स्वमित्व ग्रहण गर्न सङ्घीय सरकारमार्फत पत्र प्राप्त भएको थियो ।
छिट्टै जग्गाधनी प्रमाणपुर्जा उपलब्ध
नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने भएको छ ।
भानु–१ मा लगत सङ्कलन सम्बन्धी नापनक्साको कार्य सम्पन्न भएको र आगामी चैतदेखि पुनः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । जतिसक्दो छिटो जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने विषयमा बैठकबाट निर्णय भएको उपप्रमुख उमा गोतामेले बताउनुभयो ।
विद्यालय सुधार कार्यक्रम
नगरपालिकाले ग्रिन आर्मी नेपालसँगको साझेदारीमा सञ्चालन गरिने ग्रिन आर्मी विद्यालय कार्यक्रम सञ्चालन गर्न लागेको छ । विद्यार्थीको गुणात्मक वृद्धि एवं मानसिक क्षमता र अनुशासन अभिवृद्धि गर्न ग्रिन आर्मी नेपालसँगको सहकार्यमा विद्यालय सुधार कार्यक्रम गर्न लागेको हो ।
नगरपालिका मातहतमा रहेका १३ वटै वडामा वैशाखबाट सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । बैठकले प्रहरी चौकी भन्सारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अबिलम्ब अघि बढाउन सम्बन्धित निकायबाट पहल थालनी गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री