
मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
प्रदेशमा यही फागुन २२ गते (भोलि)देखि हुने टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वितरण गरिने ट्रफीको आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा अनावरण गर्दै यो प्रतियोगिता विराटनगरको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकट रङ्गशाला हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रतियोगिता सञ्चालनबाट रङ्शालाका विकासमा टेवा पुग्नुका साथै सम्पूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विचार राख्नुभयो । उहाँले प्रदेश सरकारले खेल क्षेत्रलाई ‘युवामैत्री’का रुपमा अगाडि बढाउने योजना बनाइरहेको भन्दै यसलाई रोजगारसँग जोडिने बताउनुभयो ।
मोरङ जिल्ला क्रिकट सङ्घका अध्यक्ष मोहम्मद साद कुरैसी(बाबु)ले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रका युवा क्रिकेटप्रति आकर्षित हुनुका साथै राष्ट्रियस्तरमा खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
भोलिदेखि आगामी चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने अध्यक्ष कुरैसीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता हुने टिमलाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ ।
यसैगरी प्रतियोगिता सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता लिगका आधारमा हुनेछ । प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल हुनेछन् भने यसबाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिताका लागि खेलाडी यहाँ आउने क्रममा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो