
चितवन । चितवनमा पशुपालकले उत्पादन गरेको दूध बिक्रीमा समस्या भएको छ । दुग्ध उत्पादक संस्थाले किसानबाट दूध नउठाउँदा समस्या भएको हो ।
पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमित रुपमा बिक्री हुन छाडेको छ। जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उहाँले भन्नुभयो– ‘दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?’ नियमित दूध बिक्री गर्ने अवस्था नभएको उहाँले बताउनुभयो।
जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये १ लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो। दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन्।
बगालेका अनुसार जिल्लाबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ । उहाँले भन्नुभयो– ‘हामीले प्रदेश र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ। अहिलेसम्म समस्याको समाधान हुनसकेको छैन।’
बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण यहाँ उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले बताउनुभयो। उहाँले भन्नुभयो– ‘रात्रिबसमा लुकाइछिपाई न्वाउनी, पाउडर दूध लगायत वस्तु भारतीय नाकाबाट आउने गरेका छन्।’ सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उहाँले आरोप लगाउनुभयो।
बगालेले भन्नुभयो– ‘यही अवस्था रहे किसान आन्दोलनमा उत्रनुको विकल्प छैन’, किसानहरू सडक सङ्घर्षमा उत्रिएरसमस्याको समाधान आफैँले खोज्नुपर्ने दिन नजिकिएको उहाँको भनाई छ ।
रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दूध उत्पादक किसानले असोजदेखिको भुक्तानी नपाउनु र निजी संस्थाले दूध नलानुले किसान मारमा परेका छन् ।’
बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डिडिसी)ले दूध उठाउने गरेको छ । निजी संस्थाले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै उठ्न नसकेको उहाँको भनाईछ ।
दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाले चासो दिन नसकेको सङ्घले जनाएको छ । दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै