
काठमाडौँ । सुन तस्करी प्रकरणको छानविन गर्न गठित जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग आज बयान लिएको छ ।
‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले आज सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो ।
आयोगका एक सदस्यले रासससँग कुरा गर्दै उहाँहरुसँग आवश्यक जानकारी लिइएको बताए । सुन प्रकरणका आरोपीहरु भण्डारी दावा छिरिङसँग नाम जोडिएका व्यक्ति हुन् । छिरिङ सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
आयोगले ब्रेक सुबाट ६० किलो सुन र विद्युतीय सिगरेट (भेप)बाट ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा नाम जोडिएका र आरोपीहरुसँग आयोगले बयान लिइरहेको छ ।
सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा सदस्य रहेको आयोग गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न