
मोरङ । कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच आज साँझ भएको वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
“वार्ताको सकारात्मक सुरुवात भएको छ, दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकारलाई सिफारिस गर्नेमा समझदारी भएको छ”, वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी वार्ता टोलीका संयोजक मन्त्री जवेगुले भन्नुभयो । उहाँले दुवै पक्षका साझा निष्कर्ष प्रदेश सरकारले प्रदेशसभामा टेवल गरी प्रदेश नामकरणसम्बन्धमा के गर्ने भन्ने टुङ्ग्याइने बताउनुभयो ।
सङघर्ष समितिका वरिष्ठ सदस्य युवराज राईले सरकारसँग भएको वार्तामा आफ्ना माग र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र क्षतिपूर्तिलगायतका विषयमा सकारात्मक छलफल भएको बताउनुभयो । “सरकारी पक्षबाट केही विकल्प पेश गर्ने र त्यसमाथि छलफल गर्ने विषयमा सहमति भएको छ”, उहाँले भन्नुभयो ।
वार्तामा सङ्घर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्दबहादुर आङबुहाङ, किरात राई यायोखाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव दिवस राई र नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा सहभागी हुनुहुन्थ्यो ।
साथै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, लिम्बू सङ्घ समाजवादी उपाध्यक्ष पदम लिम्बू, किराती राष्ट्रिय मोर्चाका महासचिव अर्जुन जमेली राई, लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव चन्द्रकुमार चौधरी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न