
काठमाडौँ । काठमाडौँमा ‘हिमालयन हाइड्रो एक्स्पो हुँदै हुने भएको छ ।
भृकुटीमण्डपमा वैशाख १२ देखि १४ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ आयोजना गर्न लागिएको हो । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको साझा संस्था ‘इपान’ र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा एक्स्पोको चौथो संस्करण हुन लागेको हो ।
एक्स्पो जानकारी दिने उद्देश्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा हाइड्रो पावर निर्माता, सामन उत्पादक, आपूर्तिकर्ता र परामर्शदाता, बीमा कम्पनी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डण्डीलगायत दुई सय भन्दा बढी कक्ष स्थापना गरिने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले बताउनुभयो ।
दश वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता भइसकेको र सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र सरकारले तयार गरेको सन्दर्भमा एक्स्पो लाभदायक हुने बताउनुभयो ।
सम्मेलनमा दिइएको जानकारी अनुसार तीनदिने एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, संयुक्त अधिराज्य बेलायतलगायत मुलुकका ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनी तथा सरोकारवालाको सहभागी हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न