
मकवानपुर । बागमती प्रदेश सरकारले हालसम्म ७८ कानुन निर्माण गरेको छ। प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ कानुन बनेका हुन् ।
प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ विधेयकमध्ये ७७ प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएका छन् । एउटा विधेयक प्रदेशसभामा फिर्ता भएको सचिवालयले जनाएको छ ।
प्रदेशसभामा मूल ऐन ४७ वटा रहेका छन् भने ३१ भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँकाअनुसार यसअवधिमा २० ऐन संशोधनसहित पारित भएका छन् भने १३ सालबसाली विधेयक पारित भएका छन् ।
प्रदेशसभामा हालसम्म १३ अध्यादेश जारी भएका छन् । १० मात्र प्रतिस्थापन विधेयक दर्ता भएका प्रवक्ता गुप्ताले बताउनुभयो । उहाँकाअनुसार सो अवधिमा चार वटा अध्यादेशका प्रतिस्थापन विधेयक फिर्ता भएका छन् भने तीन अध्यादेशका प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन् ।
यस अवधिमा दुई वटा कार्यविधि, एक नियमावली र एक नियमावली संशोधन पारित भएका प्रवक्ता गुप्ताले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय