
काठमाडौँ । राजावादीहरूको प्रदर्शनमा झडप भएको छ । राजावादीहरूले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको वर्तमान व्यवस्थाविरुद्धको प्रदर्शनमा झडप भएको हो ।
तीनकुनेबाट नयाँ बानेश्वर तर्फ अगाडि बढ्न खोजेको जुलुशलाई प्रहरीले रोक्न खाजेपछि झडप भएको हो । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपको कारण तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।
राजावादीहरूले प्रदर्शनको क्रममा व्यक्तिका घर समेत तोडफोड गरेका छन् । राजावादीहरूले विभिन्न व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै .त्यसतर्फ ढुंगा र इँटा हानेका हुन् ।
प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका राजावादी नेताहरू सुरक्षित स्थलतर्फ लागेका थिए । तर अहिले पुनः मञ्चमा जम्मा हुन थालेका छन् ।
आन्दोलनका कमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेका छन् । मञ्चमा पुगेर नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न